English Edition

मधेसी मोर्चासँग वार्ता गर्ने तीन दलको निर्णय



काठमाडौं–बारम्बारको वार्ता परिणाममुखी नभएपछि प्रमुख तीन दलले आन्दोलनर मधेसी मोर्चासँग वार्ता गरी साझा धारणा तय गर्ने निर्णय गरेका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले मधेसका माग सम्बोधन र संविधान संशोधन विधेयकका विषयमा मोर्चाको सहमति आवश्यक रहेको निष्कर्ष निकाल्दै मोर्चासँग बैठक गरी साझा धारणा तय गर्ने निर्णय गरेको हो।



 बैठककमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसी मोर्चाका नेताले संविधान संशोधन विधेयकमा के परिमार्जन गर्न खोजेको हो सो विषयमा मोर्चासँगै छलफल गर्ने निर्णय भएको जानकारी दिए। ‘परिमार्जनको संभावना कत्तिको छ,’ उनले भने,‘उहाँहरुले  (मोर्चा नेता) कस्तो र के परिमार्जन गर्न खोज्नु भएको हो, सो को विषयमा उहाँहरुसँगै बसेर साझा धारणा बनाउने विषयमा छलफल भयो।’ मोर्चासँग एक÷दुई दिनभित्रै छलफल गर्ने उनले जनाए।



सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने भन्दै तीन बुँदे विशेष प्रस्ताव सार्वजनिक गरेको थियो। तर मोर्चाले भने सरकारी प्रस्ताव अपूरो भन्दै त्यसलाई अस्विकार गर्ने जनाएको छ।  छलफलमा बैठकमा प्रधानमन्त्री केपी ओली, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह लगायतका नेता सहभागी थिए।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment