English Edition

प्रमोदको नयाँ गीत, ‘झुम्कावाली’ हिट (भिडियो सहित)

गत शुक्रबार गायक प्रमोद खरेल विन्ध्यवासिनी म्यूजिक अवार्डमा गाउँदै थिए नयाँ गीत झुम्कावाली । उनको यो गीत त्यहाँ उपस्थित अधिकांशले पहिलो पटक सुनेका थिए । तर पहिलो सुनाइमै अधिकांशको ध्यान सजिलै तान्यो झुम्कावालीले ।



संगीत कर्ममै लागेकाहरु उनको नयाँगीत सुनेर दंग थिए । भन्दै थिए ‘प्रमोदले फेरी खायो स्टेज झुम्कावाली हिट ।’ केहि समय अगाडि अडियो सार्वजनिक गरिएको झुम्कावालीको शनिवार भिडियो पनि सार्वजनिक गरिएको छ ।



शितल कादम्विनीको शव्द, अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो निर्देशन नितिन चन्दले गरेका हुन्। यु ट्युवमा हिट भैरहेको गीतको भिडियो चाँही औसत बनेको प्रतिक्रिया छ । तर गीतलाई सबैले मन पराएका छन् ।



आइतबार हङकङमा प्रस्तुती दिएका प्रमोदले भने ‘झुम्कावालीको रेस्पोन्स राम्रो पाएको छु । धनगढी महोत्सव लगायत आधा दर्जन बढी शोमा झुम्कावाली गाउँदा गजबको साथ पाए, म निकै उत्साहित छु झुम्कावाली सँगै ‘ । गीतमा युवतीलाई फकाउन प्रयोग गरिएका सांकेतिक शब्दलाई धेरैले मन पराएका छन् ।



गायक प्रमोद खरेल अहिलेका हिट गायक हुन् । आरबिटीमा सबैभन्दा बिकाउ आवाज प्रमोदकै बनेको छ । त्यस्तै देशविदेशमा आयोजना हुने सांगीतिक कार्यक्रमका लागि पहिलो रोजाइका गायक हुन् प्रमोद । अरुका एल्वमका लागि व्यवसायिक आवाज दिदै आएका प्रमोदले आफ्नै प्रस्तुतीमा नियमित गीत निकाल्छन । त्यस्ता गीतहरुमा  उनले स्टेज प्रस्तुती सुहाँउदा रोज्छन् । त्यस्तै स्टेज फोकस गरिएको उनको नयाँ गीत हो झुमा झुम्कावाली ।










स्रोत: नेपालीकला डटकम
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment