English Edition

धर्नामा प्रहरी हस्तक्षेप हुँदा मोर्चा नेता राजेन्द्र महतो गम्भीर घाइते, उपचार हुँदै (फोटोसहित)

विराटनगर–विराटनगरको जोगबनी नाकामा प्रहरी र मधेसी मोर्चा कार्यकर्ताबीच झडप भएको छ । मोर्चा नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोसहितका नेता कार्यकर्ता रहेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको हो । सीमा नाकामा अवरोध गर्न बसेका मोर्चा नेता महतोलाई धर्नामा बस्नबाट प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।





तनाव भएपछि रानी भन्सार नाकामा भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीलाई ढुंगा हान्नेहरुलाई भारतीय सीमा सुरक्षा बलले हटाएको छ ।

झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले दशगजा छेउको भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । झण्डै १५ मिनेट ढुंगामुढापछि एसएसबीले भारतीय भूमिबाट ढुंगा हान्ने मोर्चाका कार्यकर्ताहरुलाई हटाएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले महतोलाई भारत तर्फ नै लगेका छन् ।

झडपका कारण नाकाबाट सर्वसाधारणको आउजाउ समेत प्रभावित भएको छ ।

नेता उनको टाउकोमा चोट लागेको छ। उनको विटानरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको मोर्चाका एक नेताले जानकारी दिए। उनका अनुसार महतोको टाउकोसँगै घुँडालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। महतो दशगजामा धर्नामा बसेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो। नेपाल प्रहरीले हस्तक्षेप गरेपछि भारतीय सीमातर्फ भागेका महतो भारतीय सीमा सुरक्षा बल एसएसवीको हस्तक्षेपमा परेका थिए।



Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment