English Edition

पाल्पाका सुशील ज्ञवाली बने प्राधिकरण सीइअो

काठमाडाैं-बहुप्रतिक्षित पुनर्निर्माण प्राधिकरणको सीईओमा पाल्पा खस्याैलीका सुशील ज्ञवाली नियुक्त भएका छन् ।



मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको उद्योगमन्त्री सोम प्रसाद पाण्डेले बताए ।



खुल्ला प्रतिस्पर्धाबाट नगर विकास कोषको कार्यकारी निर्देशक बनेका ज्ञवालीलाई डेढ वर्ष कार्यकाल बाँकी छँदै सरकारले बहुपतिक्षित पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।



स्थानीय निकायमा २० वर्षे अनुभव बटुलेका ज्ञवाली सिभिल  इञ्जिनियर हुन् ।



यसैगरी पुनर्निमाण प्राधिकरणको कायममुकायम सचिवमा मधुसुदन अधिकारीलाई पठाइएको छ ।



मन्त्रिपरिषदले योजना आयोगमा खाली रहेका सात सदस्यको पनि पद पूर्ति गरेको छ । सदस्यमा डा विजय कुँवर, कामानन्द देव, डा. सुमित्रा अमात्य, डा. दिपभक्त जोशी, डा चन्द्रकान्त पौडल, डा.सुनील बाबु श्रेष्ठ र कृपासिन्धु प्रसादलाई नियुक्त गरेको मन्त्री पाण्डेले बताए ।



को हुन सिइअो ज्ञवाली ?

इन्जिनियरिङका विद्यार्थी ज्ञवाली करिव ८ बर्ष वुटवल नगरपालिकामा योजना प्रमुखको रुपमा कार्यरत थिए ।



उनी त्यहाँ कार्यरतहुँदा बुटवलको योजनावद्ध विकासको खाका तयार पारेका थिए ।

ज्ञवाली एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छ। ज्ञवाली हाल नगर विकास कोसका कार्यकारी निर्देशक थिए ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment