English Edition

जापानमा शरणार्थी आवेदकहरुको संख्या बढ्दै





ह्याप्पी बन्धु 'विश्व'

जापान, डिसेम्बर २५ /



जापानमा बिभिन्न राष्ट्रवाट आएका विदेशीहरुले शरणार्थी मान्यता प्राप्त गर्नका लागी आवेदन दिने आवेदकहरुको संख्या बढेको छ |



सन् २०१५ को जनवरीदेखी अक्टोवरमहिना सम्मको आवेदकको संख्या हालै सार्वजनिक गरिएको छ |



 कानुन मन्त्रालयका एक अधिकारीले दिएको जानकारी अनुसार यस बर्ष ६ हजार १६० जनाले आवेदन दिएको छन् |



गत बर्ष ५हजार जना रहेकोमा यस बर्ष भने झन् बढेको जनाईएको छ |



 आवेदन दिनेहरुमा  गत बर्ष जस्तै यस बर्षपनि नेपालीहरुनै सबैभन्दा बढि रहेको बताईएको छ | श्रीलकां र टर्कीका नागरिकहरुभने क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्  |



शरणार्थी मान्यताकालागी जापानले सन् २०१० मा शरणार्थी सम्बन्धी कानुनमा परिवर्तन गर्दै आवेदकहरुले काम पनि गर्न अनुमती पाऊन थालेकाले आवेदकहरुको संख्या बढ्न थालेके बताईएको छ |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment