English Edition

शरीरबाट मौलिकताको पहिचान नै हराएपछि नेपाली पोशाक दिवसले थप्यो उत्साह

विश्वभर धुमधामका साथ अंग्रेजी नयाँ वर्ष मनाइरहदा नेपाली युवाहरुले भने आफ्नो मौलिक भेषभुषाको सम्मानार्थ प्रस्तावित रुपमा नेपाली पोशाक दिवस मनाएका छन् । काठमाडौंमा गरिएको प्रस्तावित तेस्रो नेपाली पोशाक दिवसका अवसरमा नेपाली पोशाकमै सजिएका सयौं नेपाली युवाहरुको सहभागिता थियो । शुक्रबार श्रद्धावान नेपाल नामक एक सामाजिक संस्थाको आयोजनामा नेपाली पोशाकको संरक्षण र सम्वद्र्धनका लागि यो दिवस मनाइएको हो । संस्थाले यो दिनलाई राष्ट्रिय रुपमा नै नेपाली पोशाक दिवसका रुपमा मनाउँन प्रस्ताव गर्दै आएको छ । दिवसका अवसरमा नेपाली पोसाकमा सजिएका नेपाली युवाहरुले काठमाडौंको भृकुटिमण्डपमा भेला भएर ¥याली गर्दै नगर परिक्रमा गरेका थिए । ¥यालीमा आफ्नै मौलिक पहिचान झल्कने पहिरनमा सजिएका युवाहरुले विभिन्न मौलिक साँस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । नगर परिक्रमपछि भृकुटीमण्डपमै आयोजित सभामा सहभागीहरुले नेपाली पोशाकको महत्व र पोशाक दिवसको सान्दर्भिकबारे यसरी वर्णन गरेका थिए ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment