English Edition

बानाद्वारा पच्चिस हजार डलर सहयोग हस्तान्तरण

महाभूकम्पबाट पीडित नेपालीहरुलाई बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका बानाले २५ हजार अमेरिकी डलर सहयोग रकम अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीलाइ हस्तान्तरण गरेको छ | बानाको पुरै कार्यसमितिले उक्त रकम डा. कार्कीलाइ हस्तान्तरण गरेको हो | बाना अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका नेपालीहरुको संस्था हो |

रकम हस्तान्तरण तथा डा. कार्कीको लागि स्वागतका लागि आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो |

सहयोग रकम ग्रहण गर्दै राजदुत डा. कार्कीले दु:खको बेलामा संसारभरका नेपालीले  सदासयताले नेपालमा बस्ने नेपालीको हिम्मत बढेको बताउनु भयो | राष्ट्रपती र प्रधानमन्त्री दुबैले यो संकटमा देश बाहिर रहेका नेपालीबाट प्राप्त सहयोगको प्रशंसा गरिरहेको र आगामी दिनमा अझ बढी सहयोगको अपेक्षा गर्नु भएको पनि कार्यक्रममा जानकारी गराउनु भयो |

"सरकारले केहि गरेन भन्ने गुनासा शुरुका दिनदेखि आएका छन् तर हेर्ने दृष्टिकोण को फरकले त्यस्तो भएको हो | डा. कार्कीले  भन्नुभयो, "पीडितहरुले सेना आयो, पुलिस आयो, सीडीओ आयो, गाबिस सचिब आयो तर सरकार आएन  भन्छन" कार्कीले प्रश्न गर्नुभयो, "अब तपाई बुद्धिमान साथीहरुले भन्नुहोस सरकार गयो की गएन ?"

महाबिपद्का बेलामा अपेक्षा धेरै भएका हुन तर उपस्थिति नभएको होइन | हरेक घरमा आपत परेका बेला सरकारी कर्मचारीका घरमा पनि त समस्या परेका होलान ! तर जुन तदारुकताका साथ काम भएको छ त्यसलाई कम आँक्न मिल्दैन |" कार्कीले थप्नुभयो, " विपदमा सघाउनेलाई जश दिन सकिएन भने अन्याय हुन्छ, पाप लाग्छ |"

विनाशकारी भुकम्प पछि देश पुरै एकताको बाटोमा हिडेको छ | भुकम्प भन्दा एक मिनेट आगाडी देशमा अति ठुलो बिबाद थियो | तर राजनीतिक दलहरुले सबै बिर्सेर सरकारलाई सहयोग गरिरहेका छन्| बिदेशमा बस्ने नेपालीहरुले पनि गरिरहेका छन् | राजदुत कार्कीले भन्नुभयो," यो एकता प्रदर्शन गर्ने बेला हो | सरकारलाई सहयोग गर्ने समय हो |"
यो बेलामा सबैको ध्यान देश निर्माणमा हुनु पर्छ भन्दै डा. कार्कीले भन्नु भयो, "को व्यक्ति सरकारमा छ भन्ने कुरा ठुलो होइन | जो छ त्यसैबाट काम चलाउनु पर्छ |ध्यान  अन्यत्र मोड्ने बेला होइन | अरु कुरा सोच्ने समय छैन |"

अमेरिकामा रहेका अनडकुमेण्टेड नेपालीहरुका लागि ‘टिपिएस’ अर्को राहत हुने राजदूत कार्कीको कथन थियो।
‘राजदूत भएर आएको दिनदेखि नै म यसमा लागिरहेको छु’, डा कार्कीले भने, ‘टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस ‘टिपिएस’का बारेमा पनि म फलोअप गरिरहेको छु।’
राहत रकम हस्तान्तरण समारोहमा मेरिल्याण्ड स्टेट कंग्रेसका रिपब्लिकन डेलिगेट क्रिष्चियन मिलीले नेपालीहरुलाई परेको दैवी विपत्तिबाट आफू मर्माहत भएको र बाल्टिमोरमा रहेका नेपाली समुदायसँग मिलेर काम गर्न तयार रहेको बताए।   राजदूत भएर आएको दिनदेखि नै म यसमा लागिरहेको छु’, डा कार्कीले भने, ‘टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस ‘टिपिएस’का बारेमा पनि म फलोअप गरिरहेको छु।’
सो कार्यक्रममा मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले संकटका बेलामा विदेशमा रहेका नेपालीले गरेको सहयोग अति नै महत्वपूर्ण रहेको बताउनु भयो |

सोहि अबसरमा राजदुत कार्कीलाई मेरिल्याण्डका संस्थाहरु नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, प्रवासी एकता सामाजको सह आयोजना र बानाको आयोजनामा स्वागत कार्यक्रम समेत गरिएको थियो | सो अबसरमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष राजेन्द्र सेन्चुरी, प्रबासी नेपाली मंचका अध्यक्ष जुद्धबहादुर पन्त र प्रबासी एकता समाजका अध्यक्ष पारशमणि श्रेष्ठ, एन आर एन अमेरिकाकी उपाध्यक्ष रबिना थापा लगाएतले बोल्नु भएको थियो | बानाका उपाध्यक्ष सतिश चापागाईले स्वागत र महासचिब देबब्रथ शर्माले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्व बानाका अध्यक्ष कुलमणि आचार्यले गर्नु भएको थियो |

बानाले भुकम्प पीडितहरुको सहयोगार्थ झन्डै ४० हजार डलर रकम संकलन गरेको महासचिब देबब्रथ शर्माले जानकारी दिनु भयो | बाँकि रकम पनि संस्थाले छिट्टै पिडितहरुका सेवामा पठाउने भएको बानाले जनाएको छ |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment