कलैया-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जुलुसले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कार्यालय तोडफोडमा उत्रिएपछि तनाव भएको छ। मोर्चाले निकालेको लाठी जुलुस तोडफोडमा उत्रिएपछि प्रहरीले ४ राउण्ड हवाई फायर र ७ राउण्ड अश्रु ग्यास चलाएको छ ।
आन्दोलनकारीले मोतीवागमा रहेको कांग्रेस कार्यालयमा ढुंगामुडा र तोडपछि उनीहरु पन्नावागमा रहेको एमाले कार्यालयमा तोडफोडको प्रयास गरेपछि स्थिति तनावपूर्ण भएको हो ।
मोर्चाले तराइ मधेसका विभिन्न जिल्लामा बुधवार बृहद् लठी जुलुस प्रदर्शन गरेका छन् । हातहातमा लठी, भाटा, फलामे रड, भाला लगायतका हतियार बोकेर प्रदर्शन भएको थियो । कलैयामा तनाव जारी छ।
0 comments :
Post a Comment