English Edition

माधव नेपालको घरमा मोर्चाको अाक्रमण

राैतहट–राैतहटको गाैरस्थित नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका छन्। लाठी जुलुससहित नेता नेपालको घर अगाडीबाट अघि बढ्ने क्रममा मोर्चा कार्यकर्ताले केहीबेर नाराबाजी गरेर गेटमा लाठी बर्साएका थिए।

मधेस अान्दोलनका माग सुनुवाइ नगरेको भन्दै नेता नेपालको घरमा मोर्चाका अाक्रोशित कार्यकर्ताले रिस पोखेका हुन्। गौर नगरपालीका-३ स्थित एमाले नेता माधवकुमार नेपालको घरको मुख्य गेटमा मोर्चा कार्यकर्ताले तोडफोडको प्रयास गरेका हुन् ।

सविधानमा अपनत्व नभएको र सिमाकंनमा असन्तुष्ट जनाउदै आएका र  अघि सारेको मधेशको माग सम्बोधन नगरेको भन्दै मोर्चा समर्थकले पटक पटक नेपालको घरमा आक्रमणको प्रयास गरी रिस फेर्दै अाएको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment