English Edition

प्रेमराजा महत लगायतका कलाकारहरुलाई जापानमा भब्य स्वागत



टोकियो,जापान / डिसेम्बर २९



अंग्रेजी नयाँ वर्ष २०१६ को अवसरमा जापानको टोकियोमा हुने भव्य सांगीतिक कार्यक्रममा सहभागी हुन पुगेका कलाकारहरुलाई जापानमा भब्य स्वागत भएको छ | कार्यक्रममा सहभागी हुन अमेरिकाबाट कलाकार प्रेमराजा महत र शान्ति भण्डारी जापान पुगिसकेका छन् | कलाकारहरुलाई आयोजकले विमानस्थल देखि नै भब्य स्वागत गरेको बुझिएको छ |



अंग्रेजी नयाँ वर्ष २०१६ को अवसरमा जापानको टोकियोमा भव्य सांगीतिक कार्यक्रम हुने भएको हो । ‘म्युजिकल नाईट’ नामक सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका लवकुमार बुढाथोकीले नयाँ वर्षको पहिलो दिन जनवरी १ मा चर्चित कलाकर्मीहरुको उपस्थितिमा टोकियोमा नयाँ वर्ष म्युजिकल नाईट’ को आयोजना गर्न लागेका हुन् ।



उक्त कार्यक्रममा लोकदोहोरी गायक प्रेमराजा महत, गायिका शान्ति भण्डारी तथा लोकदोहोरी म्युजिक भिडियोका मोडल तथा निर्देशक शंकर बिसी, चर्चित नायिका केकी अधिकारी तथा पप गायक कमल खत्रीको प्रस्तुति हुनेछ ।



जापानमा रहेका नेपालीहरुलाई मध्यनजर गरेर आयोजना गरिने उक्त कार्यक्रममा विधागत रुपमा सबै गीत संगीत र संस्कृतिलाई एकै स्थानमा देख्न सकिने आयोजक बुढाथोकीले बताएका छन् ।



आयोजकका अनुसार यसपटकको यो सांगीतिक कार्यक्रममा दर्शकहरुले सिंगो नेपालको गीत संगीत र झाँकीहरु एकै ठाउँमा देख्न पाउनेछन् | लोक दोहोरी देखि आधुनिक गीतहरु प्रस्तुत हुने कार्यक्रममा नेपाली राष्ट्रिय गीतहरुलाई विभिन्न कलात्मक अभिव्यक्ति दिएर प्रस्तुति गरिने बुढाथोकीले बताए ।



म्युजिकल नाईट टोकियोको एकेडेमीमा प्रस्तुत हुने सो सांगीतिक कार्यक्रममा आयोजकले आफ्नो देशको भाषा संस्कृतिको जगेर्ना गर्न सहज होस् भन्ने हेतुले ‘म्युजिक फर किड्स एजुकेशन’ नारा नै दिएको छ । सांगीतिक कार्यक्रमको आयोजक समितिले कार्यक्रममा उपस्थिति जनाएर नयाँ वर्ष भव्य रुपले मनाउन जापानबासी आम नेपाली तथा सबै जापानबासीलाई आह्वान गरेको छ ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment