English Edition

म सभापति बन्ने माहौल बनिसकेको छ -रामचन्द्र पौडेल

गुल्मी, डिसेम्बर २९ /



नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी अधिवेशनबाट आफु पार्टीको सभापति बन्ने माहौल बनिसकेको ठोकुवा गरेका छन् |



यो ठोकुवा पौडेलले हिजो गुल्मी जिल्लाका संचारकर्मी माझ गरेका हुन् |  प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले भने "कांग्रेसमा परिवर्तन खोज्नेहरु धेरै छन् | परिबर्तन खोज्नेहरुले मलाई रोज्ने छन् |"



सभापति कोइराला र बरिष्ठ नेता देउवा नै सभापतिका लागि ईच्छुक देखिएका बेला तपाईको सम्भावना कसरी ? भन्ने पत्रकारहरुले प्रश्नमा पौडेलले भने, "पार्टीमा नेताका ईच्छाले मात्र काम हुदैन | यो पटक कार्यकर्ताको ईच्छाले काम गर्छ |" उनले थपे, "हामी सधै पुरानै समस्यामा अल्झिने की नयाँ समाधान निकाल्ने ?"



उनले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट चल्न नसक्ने भएकोले सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवालाई कार्यकर्ताले आराम दिने समेत बताएका थिए |



अन्तिममा सम्झौता गर्ने र अरुलाई सघाउने पौडेलको बिगत स्मरण गराउदा पौडेलले भने,  "यसपटक कुनैपनि हालतमा सभापतिमा उम्मेदवारी दिन्छु | कांग्रेसलाई अब प्रखर ढंगले चलाउनुपर्ने छ,' उनले भने, 'पार्टीहरुबीच प्रतिस्पर्धा भइरहेको छ | कोइराला र देउवाले अव चलाउन सक्नु हुन्न।'



पौडेलको प्रष्ट पार्दै भने, "मैले धेरै पर्खें र हेरें | उहाँहरुलाई धेरै मौका अवश्य दिएँ | अब समय धेरै अगाडी बढ्यो | "



पौडेलले देउवा वा कोइराला जो आएपनि अर्को पाच बर्ष भागबण्डामा बित्ने भन्दै कार्यकर्ताहरुसंग आफुलाई सहयोग गर्न र पार्टीलाई नयाँ स्वरुपमा लैजान अनुरोध गरेका गुल्मीका एक कांग्रेस नेताले द नेपाल टुडेलाई बताए |



मधेशी दलहरुलाइ आफ्नै ठूला ठूला मागहरुले चेपेको भन्दै पौडेलले भने, "सबै माग पूरा हुन सक्ने अवस्था छैन तर हामीले जनताको सुविधालाई ख्याल राखेर आन्दोलनको स्वरुप बदल्नको लागि आग्रह गरेका छौं।" पौडेलले थपे, "सरकारले केहि गर्छ की भनेर हामीले हेरेको हो |  केहि छाँट देखिएन | कांग्रेसले नै यो समस्या समाधान गर्नेछ |"
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment